बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीमा बुधवार बिहान बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिकाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला ब्यास गाउँपािलकाका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दुहु गाउँपालिका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल रहेका छन्।
घाइतेहरुलाई बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार बसमा ४० जना सवार थिए। अन्यको अवस्थामा सामान्य रहेको छ।
महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना.५ख.५१४१ नम्बरको बस न्वालीमा बिहान ५ बजेतिर एक्कासी नालीमा पल्टिन गई दुर्घटनामा परेको हो। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्। गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरी समक्ष बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।