राजविराज– सप्तरी सदरमुकाम राजविराजमा आयोजित स्व. लोकेन्द्र श्रेष्ठ स्मृति सातौं राष्ट्रिय जुडो प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ।
५ स्वर्णसहित नेपाली सेना दोस्राे र २ रजत जितेर बाँके तृतिय भएकाे छ।
प्रतियोगिता समापन समारोहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्यद्वय मनिष सुमन, गोविन्द न्यौपानेलगायतले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा मन्त्री विश्वकर्मालाई १३औं दक्षिण एसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई ऐतिहासिक सफलता दिलाउन योगदान पुर्याएबापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
मन्त्री विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ–गाउँमा खेल मैदान बनाइरहेको बताए। सरकारले सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला तथा ७ सय ५३ स्थानीय तहमा १/१ खेलग्राम र हरेक वडामा खेल मैदान बनाउने योजना बनाएको उनको भनाई छ।
दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरी २५ टिमको सहभागिता रहेको थियो। नेपाल जुडो संघको प्राविधिक सहयोगमा जिल्ला जुडो संघ सप्तरीले प्रतियोगिताको आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।