डडेल्धुरा– दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा. गोविन्द केसी मंगलबार डडेल्धुरा आइपुगेका छन्। उनले मंगलबारबाटै अस्पतालका बिरामीलाई सेवा दिन थालेका छन्।
डडेल्धुरामा रहँदा अनशन बस्ने वा नबस्ने निर्णय लिने पनि उनले बताएका छन्। आफ्ना माग पुरा नभए अनशन बस्ने उनको योजना छ। ‘अहिले डडेल्धुरा अस्पतालबाट सेवा दिन आएको हुँ, अरु कुरा पछि गरौंला,’ डा. केसीले भने, ‘स्वयंसेवा गर्छु, अस्पतालको कुनै सेवा लिदिँन, भाडाको घरमा बस्छु।’
आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै प्रा. डा. केसीले गत कात्तिक १८ गतेदेखि डडेल्धुरामा १७ औँ अनशनसमेत सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसी ९ दिन अनशन बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।