काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले प्रधानमन्त्री ओलीलाई दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै स्वास्थ्यलाभको कामना गरेका हुन्।
प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पताम महाराजगञ्ज भर्ना भएका छन्। उनको बुधबार बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।