काठमाडौं– राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि पदबाट राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले प्रधामन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
दोस्रो पटक मृगौला प्रत्यारोपका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर खतिवडा केही बेरअघि फर्किएका हुन्।
मंगलबार राति १२ बजेदेखि स्वतः पदमुक्त हुन लागेका खतिवडाले त्यसअघि नै राजीनामा दिएका हुन्। उनी पुनः अर्थमन्त्रीमा नियुक्त हुने सम्भावना छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीबाट अर्थमन्त्रीमा पुनः नियुक्त भएको सिफारिस पत्र लिएर खतिवडा राष्ट्रपति निवास जाँदैछन्।
खतिवडालाई पुनः नियुक्त गरेको सिफारिस पत्र सरकारबाट पाएपछि बुधबार उनलाई सपथ खुवाउने तयारी राष्ट्रपति कार्यालयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।