काठमाडौं– राष्ट्रिय सभाका १९ सांसदहरु मंगलबार अन्तिम बैठकमा सहभागी छन्। उक्त बैठकमा सांसदहरुले आफ्नो भनाइ सहित बिदा लिइरहेका छन्।यही क्रममा सांसद कमल ओलीले बोल्ने चाहना व्यक्त गरिन्। उनको कलाकार मन सहकर्मी १९ जनाको बिदाइले पगाल्यो। उनले कविता लेखिन् र सुनाइन्।
उनको कविता यस्तो थियोः
समय छिटै बितेजस्तो लाग्छ,
वास्तवमा समय बित्दैन‚
समयले हामीलाई बिताउँछ
हो, हामी बितिरह्यौं, सयमको भ्रममा‚
समयका क्रममा होइन, समयको भ्रममा‚
यो राष्ट्र रंग्याउने कयौं रंग थपेर बितेका छौं‚
या राष्ट्र हसाउने कयौं हिसी फुलाएर बितेका छौं‚
एउटै आकांक्षा बोकेका हामी‚
एउटै प्रतिबद्धता लिएका हामी‚
हामी राष्ट्र विकासका अथकित अभियान्ता
हामी जहाँ रहन्छौं, राष्ट्र काँधमा बोकेर रहन्छौं
प्राविधिक जोड घटाउ यो व्यवस्थामा
यतिबेला समयसिमाले बिदा गर्दैछ
यसले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन
हृदयमा राष्ट्र बोकेका हामी
देश दुख्दा हामी सधैं दुख्नेछौं
देश निर्माण हाम्रो जीवन पर्यत्नको अभियान हुनेछ
त्यसैले देशका नाममा सधैं साथमा रहनेछौं
साथीहरु यो प्राविधिक जोड घटाउको बिदाइ
हाम्रा लागि सानो धृष्टतामात्र बन्नेछ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।