ओटावा- कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्येकै एक इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ।
स्वास्थ्य अधिकारीहरूले क्यानाडेलीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन्।
चीन‚ कोरोना भाइरसको सङ्क्रमणको प्रमुख केन्द्रका रूपमा देखा परेको छ।
यस कोरोना भाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्। यस कोरोना भाइरसबाट इरानमा १ हजार ५ सयभन्दा बढी सङ्क्रमित भएको पनि पुष्टि भएको छ।
क्यानडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले पत्रकारलाई बताएका छन्।
क्यानडामा सोमबार साँझसम्म २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पनि ती अधिकारीहरुले जानकारी दिएका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।