काठमाडौं- ब्रोकरहरुको संयूक्त सर्भरमा समस्या आउँदा एक घण्टा कारोबार बन्द भएको छ। ब्रोकरको डाटा सेन्टर र टिएमएस बीचमा कनेक्सन हुन नसक्दा १२ बजेर ४२ मिनेट देखि एक बजेर ३५ मिनेटसम्म कारोबार रोकिएको थियो।
यस अवधिमा रोकिएको कारोबार सयम थप गर्ने नेप्सेले जनाएको छ।
ब्रोकरले एउटै डाटा सेन्टर बनाउदा यस्तो समस्या देखिएको नेप्सेले जनाएको छ। यदि ब्रोकरै पिच्छे आ-आफ्नै सर्भर भएको भए यस्तो समस्या नदेखिने नेप्सेका प्राविधिक प्रमुख निरञ्जय कुमार नायकले बताए।
अहिले सम्पूर्ण ब्रोकरले एउटै डाटा सेन्टरमार्फत कारोबार गरिरहेका छन्। आजको समस्या उक्त डाटा सेन्टर र ब्रोकरको टिएमएस सम्मको कनेक्सन टुट्दा यस्तो समस्या आएको हो। एउटा डाट सेन्टरबाट एकै पटक ५० वटै ब्रोकरको टिएमएस टुटेको हो।
प्रत्येक ब्रोकरले आ-आफ्नै डाटा सेन्टर राख्दा महंगोपर्ने भएपछि उनिहरुले संयूक्तरुपमा डाटा सेन्टर तयार पारेर कारोबार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।