काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दुरञ्चार सेवा प्रदान गर्ने भन्दै लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अत्य हुनुपर्ने बताएका छन्। तोक लगाएर फ्रिक्वेन्सी पाउने अवस्थाको अन्त्यसँगै दूरञ्चार क्षेत्रमा व्यवसायिक प्रतिस्पर्धा हुनुपर्ने खतिवडाले बताए।
नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले नियामक निकाय व्यवासयिक र बलियो हुनुपर्ने बताएका हुन्। कानुनले दिएको अधिकार विवेकपूर्ण ढङ्गले प्रयोग गर्दै अगाडि बढ्न उनले सुझाव दिए।
नेपालको अर्थतन्त्रलाई डिजिटलाइज बनाउने कामका लागि अगाडि बढ्न उनले सुझाव दिए। दूरसञ्चार सेवा प्रदायको नाफा ठाडो देखिएकोमा केहि समयदेखि तेर्सो देखिन थालेको भन्दै खतिवडाले भ्वाइस सेवा भन्दा पनि डाटामार्फत व्यवसाय विस्तार गर्नुपर्ने बताए। उनले भने 'भ्वाइसबाट भन्दा पनि बिग डेटामार्फत व्यवसाय बढाउनुहोस्।'
नयाँ दूरसञ्चार सेवा प्रदायक संस्थाले पुर्याएको योगदानलाई कर गर्नुपर्ने उनले बताए। उपभोक्ता सार्वभौम भएकाले उपभोक्तालाई खुसी पार्न खतिवडाले सेवा प्रदायक कम्पनीहरुलाई सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।