काठमाडाैं- इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ। इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ।
विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसकाे सङ्क्रमित भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। इन्डोनेसियाकाे स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरु अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ। ती दुईजना जापानबाट मलेसिया हुँदै इन्डोनेसिया फर्किएका थिए। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।