काठमाडौं- प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पाँचवटा विश्वविद्यालका उपकुलपति नियुक्त गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालमा प्रा.डा . प्रेमनारायण अर्याल, सुदुरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अमरराज जोशी, पोखरा विश्वविद्यालयमा प्रा. डा. इन्द्र तिवारी ,पुर्वाञ्चल विश्वविद्यालयमा प्रा. डा. यादवराज कोईराला र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह उपकुलपति नियुक्त भएका हुन्।
नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा कांग्रेसनिकटका उपकुलपति नियुक्त भएका छन् भने अन्यमा सत्तारुढ दल नेकपानिकटका उपकुलपति नियुक्त भएका छन्।
यसअघि यी विश्वविद्यालय उपकुलपतिलगायतका पदाधिकारीविहीन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।