नयाँ दिल्ली- भारतमा दुईजनामा कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण देखिएको छ। राजधानी नयाँदिल्ली र तेलङ्गनामा एक-एक जनामा सो भाइरसको संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको हो।
इटालीबाट केही दिनअघि फर्किएका नयाँदिल्लीका एक युवाको नमूना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण समारात्मक देखिएको हो।
इटालीमा अहिलेसम्म कोरोनाका कारण ४१ जनाको मृत्यु भएको छ भने १७ सयभन्दा बढी कोरोनाबाट संक्रमित भएको जनाइएको छ।
यसैगरी दुबईबाट फर्किएका तेलङ्गनाका पनि अर्का एकजनामा कोरोना भाइरसको लक्षण देखिएको छ।
यसअघि केरलाका ३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। उनीहरूलाई क्वारेन्टाइनमा सफल उपचारपछि घर फर्काइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।