एजेन्सी- महामारीको रुप लिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुगेको छ।
मृत्यु हुनेमध्ये ९० प्रतिशत चीनको हुवेई प्रान्तका रहेका छन्। तर‚ चीनबाहेकका १० देशमा पनि यसबाट संक्रमित केही बिरामीको मृत्यु भइसकेको छ।
दक्षिण कोरियामा ४ सय ७६ नयाँ किसिमका लक्षण भएका बिरामीहरू देखापरेका छन्। योसहित कोरियामा मात्रै ४ हजार २ सय १२ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने २६ जनाको मृत्यु भइसकेको छ।
दक्षिण कोरियाली चर्च (जहाँबाट कोरियामा कोरोना संक्रमण फैलिएको थियो)का प्रमुखले माफी मागेका छन्।
यसैगरी इन्डोनेसिया‚ आइसल्याण्ड‚ पोर्चुगल‚ अमेरिका‚ चेक रिपब्लिक र अन्डोर्रामा पहिलो पटक संक्रमित व्यक्ति भेटिएको छ।
चीनले थप ४२ जनाको कोरोनाको कारणबाट मृत्यु भएको पुष्टि गरेको छ। योसमेत गरी चीनमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको हो।
यसैगरी उच्च जोखिम भएका देशहरूमा चीन‚ दक्षिण कोरिया‚ इटाली‚ इरान‚ जापान‚ फ्रान्स‚ जर्मनी‚ सिङ्गापुर‚ हङ्कङ्‚ अमेरिका‚ स्पेन‚ बहराइन‚ कुवेत र थाइल्याण्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।