काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना प्रभावित देशका उडान रद्द गर्न सर्वोच्चको अन्तरिम आदेश, पाँच देशबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी।
२) चीनबाट ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि, चालक दलका १८ जना आइतबारै घर फर्किए पनि अन्यलाई सोमबार घर फर्काइयो ।
३) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादकैबीच विस्तार गरे थप ७ विभाग, कांग्रेसका शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी एनपी साउदलाई ।
४) एभरेष्ट प्रिमियर लिग टी २० प्रतियोगिताका लागि ललितपुरमा अनुबन्धित तीन पाकिस्तानी खेलाडी नेपाल नआउने, पाकिस्तान टिमका लागि खेलाडी छनोटमा घरेलु प्रतियोगिता खेल्नुपर्ने ।
५) र, दक्षिण कोरियामा सरकारी नीति उल्लंघनको आरोपमा चर्चका प्रमुखसहित १२ जनाविरुद्ध मुद्दा, स्वास्थ परीक्षणको अनुरोध नमानेको र कोरोना भाइरसबाट संक्रमित धेरैजसो सोही समुदायका भएको आरोप ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।