Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खाग तस्करीको फैसलाले बन्यो सैनिक कर्मचारीको कसुरबारे नयाँ नजिर

सैनिक कर्मचारी संलग्न सबै अपराधको सुनुवाई सिभिल कोर्टमा हुनु कानुनसम्मत
64x64
नारायण अधिकारी सोमबार, फागुन १९, २०७६  १९:४०
1140x725

काठमाडौं- सैनिक संगठनमा काम गरिरहेका कर्मचारीले गरेका हत्या र बलात्कार अपराधका घटना मात्रै अन्य अदालतले हेर्ने र बाँकी घटना भने सेना आफैंले हेर्ने सैनिक ऐनमा उल्लेख छ। तर एक आपराधिक घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले हत्या र बलात्कार मात्रै नभएर अन्य अपराधमा संलग्न सैनिक कर्मचारीको मुद्दासमेत सिभिल कोर्टले हेर्ने नजिर बनेको छ।

त्यो मुद्दा थियो, वन्यजन्तुको अखेटोपहारसम्बन्धी मुद्दा। सो मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि सैनिक कर्मचारी संलग्न हत्या र बलात्कारसँगै अन्य घटना पनि अब सेनाको अदालतको मात्र क्षेत्राधिकार नहुने भएको हो। सर्वोच्चले यस्तो फैसला गत असारमै सुनाएको थियो। तर त्यसको पूर्णपाठ भने हालसालै मात्र आएको छ। फैसलाको पूर्णपाठमा यसअघि सैनिक अदालतको मात्र क्षेत्राधिकार हुने भनिएका अपराध अब सिभिल कोर्टमा पनि सरेको छ।

गैंडाको खागले बनाएको नजिर
सैनिक जवान कृष्णबहादुर मगरलाई गैंडाको खाग भेटिएको कसुरमा जिल्ला अदालतले जेल पठाएको थियो। त्यसपछि उनी सैनिक अदालतबाट आफूले कारबाही पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए। उनको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सुनुवाई गर्दै जिल्ला अदालतकै फैसला सदर गरेपछि नयाँ नजिर बस्यो। 

के थियो घटना?
जवान मगर २०७४ माघ १० मा २ थान गैंडाको खागसहित पक्राउ परेका थिए। त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीसहित तीन जनालाई लैनचौरबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढायो। पक्राउ परेका तीनमध्ये मगर र हरिबहादुर ढकालको साथबाट सैनिक परिचय पत्र फेला परेको थियो। 

सैनिक जवान कृष्णबहादुर मगरलाई गैंडाको खाग भेटिएको कसुरमा जिल्ला अदालतले जेल पठाएको थियो। उनको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सुनुवाई गर्दै जिल्ला अदालतकै फैसला सदर गरेपछि नयाँ नजिर बस्यो। 

त्यसपछि माघ २७ मा उनीहरू दुवैलाई सिआइबीले कारबाहीका लागि भन्दै सैनिक प्रहरी गण, जंगी अड्डा पठाएको दाबी गरेको थियो। तर मगरले भने सिआइबीले नै काठमाडौं जिल्ला अदालतसमक्ष पुर्‍याएको आरोप लगाउँदै सिआइबीलाई समेत विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरूसँगै पक्राउ परेका डिलबहादुर ढकाललाई खागसहित माघ २८ गते जिल्ला वन कार्यालय हात्तीसार पठाइएको सिआइबीको भनाइ छ। यही घटना सैनिक अदालतबाहेक अन्य अदालतले हेरेको हो/होइन भन्नेबारे सर्वोच्च अदालतले पूर्णपाठमा खुलाएको छ।

‘खागसहित पक्राउ परेको घटना उनीहरूले इन्कार गरेका छैनन्। न त आफू ड्युटीमा थिएँ वा खाग सेनाको संरक्षण वा जिम्मामा थियो भन्ने नै निजको भनाइ छ। राजदरवारभित्र भूकम्पले भत्किएको भग्नावशेषमा काठको ठुटोजस्तो वस्तु फेला पारी के हो भन्ने कुतुहलतावस आफूले लिई हिँडेको भन्ने भनाइ देखिन्छ,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘फेला परेको वस्तु सेनाको संरक्षणमा थियो भन्ने मिसिलमा कहीँ कतै खुल्न आएको छैन।’

सैनिक ऐन, २०६३ को दफा ६६ बमोजिम हत्या, बलात्कारबाहेकको कसुर हुँदा सैनिक अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयवस्तु भएको उल्लेख गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

'खागको मुद्दा सैनिक ऐनको दफा ३५ देखि ६५ सम्म उल्लेखित विषयभित्र पर्छ। यसकारण विवादित विषय सैनिक अदालतको क्षेत्राधिकारभित्रको विषय हो भन्ने जिकिर लिएको नदेखिएको र हत्या–बलात्कारमा अन्य अदालतलाई क्षेत्राधिकार प्राप्त हुने कुरा उल्लेख भएपछि सोबाहेकका अन्य कसुर सैनिक कर्मचारीले गरेको अवस्थामा सैनिक अदालतको क्षेत्राधिकार कायम भइहाल्छ भन्न नमिल्ने' भन्दै तल्लो निकायले गरेको फैसला सर्वोच्चले सदर गरिदिएको छ।

‘निवेदक सैनिक ड्युटीमा नरहेको र कसूरको विषयवस्तु र प्रकृति सामान्य अदालतबाट हेरिने किसिमको देखिएको अवस्था हुनु र यस्तो मुद्दा सैनिक अदालतबाट हेर्ने अभीष्ट कहीँकतै भए पनि यसलाई कानुनले अनुमति नदिएका सैनिक अदालतबाहेक अन्य अदालतले हेर्न मिल्ने’ सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख छ। 

‘गैरसैनिक प्रकृतिको यो कसुरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत काठमाडौं जिल्ला अदालतकै क्षेत्राधिकारभित्रको देखिन्छ। उक्त ऐनको दफा ३१ र न्याय प्रशासन ऐन, २०७३ को दफा ७(१) समेतको व्यवस्थाबाट यो विषय काठमाडौं जिल्ला अदालतको क्षेत्राधिकार भित्रको रहेछ भन्ने स्पष्ट देखिन्छ। तसर्थ, सेनाको अनुरोध अस्वीकार गर्ने जुन कार्य काठमाडौं जिल्ला अदालतबाट भएको छ सो पुर्णतः संविधान र कानूनसम्मत देखिन्छ,’ सर्वोच्चले भनेको छ।

यसअघि पनि सैनिक इमानसिंह गुरुङको मुद्दामा सर्वोच्च अदालतले विदेशी विनिमयको अवैध सञ्चय, तस्करी र भ्रष्टाचारजस्ता अपराधलाई गैरसैनिक प्रकृतिका अपराध मानेको नजिर थियो। 

Xtrem

Xtrem

उक्त मुद्दामा सर्वोच्चले एक सिद्धान्त प्रतिपादित गरेको थियो। ‘त्यस्तो अपराध सैनिक अधिकृतले गरेको वा तत्सम्बन्धी कारबाही र सजाय सैनिक ऐनअन्तर्गत भएको कारणले मात्र त्यसलाई सेनासम्बन्धी अपराध भन्न मिल्दैन। कुनै अपराधलाई सेनासम्बन्धी अपराध भन्नको लागि त्यो अपराध सेनाको संगठन, सञ्चालन वा सैनिकको पदीय कर्तव्य वा अनुशासनसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुनुपर्छ। सैनिक अधिकृत वा जवानको संलग्नता रहेको वा सैनिक ऐनमा व्यवस्था भएको सबै अपराधलाई सेनासम्बन्धी अपराध भन्न मिल्दैन।’

त्यस्तै गत कात्तिकको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीका एडिसी मेजर राजेन्द्र शाही जुवाखालबाट पक्राउ परेका थिए। त्यसबेला प्रहरीले शाहीलाई सेनाको जिम्मा लगाएको थियो। त्यसभन्दा अघि नै खागसहित पक्राउ परेका मगरको मुद्दामा सर्वोच्चले सेनाले ब्यारेकबाहिर गरेका अपराधका घटना अन्य अदालत पनि हेर्ने मिल्ने आदेश जारी गरेपछि शाहीलाई सेनाले प्रहरीकै जिम्मा लगाएको थियो। पछि उनी २० हजार धरौटीमा रिहा भएर जिम्मेवारीमा फर्किएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्