काठमाडौं- रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ।
सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको ओलम्पिक सोलिडारिटीमा परेका कराते प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन्।
उनका अनुसार टोकियो ओलम्पिक-२०२० का लागि करातेको प्रशिक्षण पनि सुरु भएको छ। रुसको टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडी पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।