• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोना बारे जान्नैपर्ने ८ तथ्य

मास्क लगाउनु आवश्यक छ?
64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०७६  ०९:२९
1140x725

एजेन्सी- काेरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। काेराेना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएकाे हाे।

यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजार बढी मानिसहरुकाे ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

यहाँ कोरोनाको बारेमा विभिन्न प्रश्न र तिनका समाधानको बारेमा चर्चा गरिएको छ।

कोरोना के हो?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस‚ विभिन्न भाइरसहरूको समूह हो। यो भाइरस सुरु-सुरुमा सामान्य रुघा खोकीबाट सुरु भई पछि ज्यानै लिने किसिमको हुन्छ। यो भाइरस मानिस र जनावरमा दुवैमा देखिन सक्छ।

चीनको वुहान सहरबाट फैलन सुरु भएको यो भाइरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ। यसको सुरु-सुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने‚ मिर्गौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुन्छन्।

कसरी फैलन्छ यो भाइरस?
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड-१९ भनी औपचारिक नाम दिएको छ। यो भाइरस सार्सभन्दा सजिलै सर्न सक्ने विज्ञहरूको बुझाइ छ।

यो सरुवा भएकाले पनि मानिसहरूमा यसले अझ महामारी फैलाउन सक्ने आशंका गरिएको छ।

कोरोनाको पहिचान हुन नै करिब २ हप्ता कुर्नुपर्ने र यसअघि नै कोरोना मानिसमा सरिसक्ने भएकाले यसको जोखिम बढेको हो। सार्स भाइरस मानिसमा पूर्णरुपमा विकसित भइसकेपछिमात्रै अरुमा सर्ने भएकाले यसको नियन्त्रणमा केही सहज भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टअनुसार कोभिड-१९ को संक्रमणको उच्च जोखिम मानिसमा यसका लक्षणहरू देखिन थालेपछि क्रमशः हुने उल्लेख छ। कोरोना भाइरस फ्लूजस्तै गरी फैलने सो रिपोर्टमा उल्लेख गरिएको छ।

कसमा कोरोनाको उच्च जोखिम हुन्छ?
श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ। यीमध्ये पनि पुरुषमा यसको जोखिम बढी हुने बताइएको छ।

यसका विभिन्न लक्षणहरूका बारेमा बाहिर आइरहेका बेला अझ नयाँ-नयाँ लक्षणहरू देखापरिरहेका छन्। 

‘हाम्रो रोग प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियासँग कसरी जुधिरहेको छ भन्ने कुराले यसको जोखिम निर्धारण हुन्छ’, टोरोन्टो विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ अलिसन म्याकगियरले भने।

कोरोनाको लक्षण सामान्यतः श्वासप्रश्वास नै हो। सिडिसीका अनुसार रुघाखोकी‚ मन्द श्वास प्रश्वास यसका मुख्य लक्षणभित्र पर्छन्। ज्वरो पनि प्रमुख लक्षणभित्रै पर्छ। यसको जोखिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ।

विशेषगरी ज्येष्ठ नागरिक‚ जसमा मुटु रोग‚ डायबिटिज र अरु श्वास प्रश्वाससम्बन्धी रोगहरू भएका व्यक्तिहरूलाई सुरुमा निमोनियाबाट सुरु भएर शरीरका अङ्गले काम गर्न छाड्नेसम्म हुन्छ।

क्यालिफोर्निया रेडियो स्टेसनका प्रमुख कार्ल गोल्डमेन‚ तीमध्ये एक हुन्। ‘म कोरोना संक्रमित भएको छु।’ उनले दी पोस्टको विचार पृष्ठमा भनेका छन्‚ ‘तर‚ अहिलेसम्म एकदमै ठूलो असर भने देखापरेको छैन।’ उनी ६० वर्ष पार गरिसकेको जनाइएको छ। 

‘शारीरिक दुखाइ आदिले गर्दा अप्ठ्यारो महशुस भएको छैन‚’ उनले भने‚ ‘म राम्रैसँग सास फेरिरहेको छु‚ नाकमा सिँगान जम्ने किसिमका कुनै लक्षण देखिएको छैन। बरु छाती कस्सिएको महशुस भएको छ‚ खोकी लागेको छ। यदि मलाई यही रोग घरमा बस्दा लागेको भए‚ म नियमित काममा जानेथिएँ।’

कहाँ-कहाँ फैलियो?
चीन                 ७९९३२
दक्षिण कोरिया   ३७३६
इटाली              १६९४
इरान               ९७८
जापान             २५६
फ्रान्स              १३०
जर्मनी              १३०
सिङ्गापुर           १०६
स्पेन                ८४
अमेरिका          ७६
बहराइन          ४७
कुवेत              ४५
थाइल्याण्ड       ४२
ताइवान           ४०
मलेसिया         २९
स्विजरल्याण्ड   २७
अस्ट्रेलिया       २७
क्यानडा         २४
यूएई              २१
इराक            १९
नर्वे                १९
भियतनाम       १६
अष्ट्रिया           १४
स्विडेन           १४
इजरायल         १०
लेवनान           १०
नेदरल्याण्ड      १०
क्रोएसिया         ७
ग्रिस                ७
एक्युएडर         ६
फिनल्याण्ड      ६
ओमान            ६
मेक्सिको          ५
डेनमार्क           ४
पाकिस्तान        ४
अजेरबाइजन     ३
गोर्जिया             ३
आइसल्याण्ड     ३
भारत               ३
फिलिपिन्स        ३
कतार               ३
रोमनिया           ३
बेल्जियम           २
ब्राजिल              २
इजिप्ट               २
रूस                २
अफगानिस्तान   १
अल्जेरिया         १
अर्मेनिया          १
बेलारुस           १
कम्बोडिया        १
डोमिनिकन रिपब्लिक    १
इस्टोनिया         १
आयरल्याण्ड    १
लिथुआनिया     १
लक्जम्बर्ग        १
मोनाको          १
नेपाल             १
न्यूजिल्याण्ड     १
नाइजेरिया       १
सान मारिनो     १
श्रीलङ्का           १

कसरी गर्ने तयारी?
कोरोना भाइरसको संक्रमणबाट मानिसमा एक किसिमको त्रास फैलिएको छ। महामारी विज्ञका अनुसार यसको तयारी भनेकै धीरता हो। आँत्तिएर समस्याको हल नहुने र यसको सतर्कता भनेकै यसको सामना गर्नु हो।

‘नआँत्तिऔं‚’ यूसिएलएका महामारी तथा औषधीविज्ञ टिमोथी ब्रिवेरले भने‚ ‘आँत्तिनु र अरुलाई यसबाट उत्पन्न डरको बारेमा अरुलाई सुनाउनाले केही परिवर्तन हुँदैन। डर र भाइरससम्बन्धी नकारात्मक भावनालाई मनमा बस्न नदिऔं।’

यसको नियन्त्रणका लागि सँधै साबुन पानीले हात धुने‚ हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने। यदि बिरामी भएमा घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हो।

सिडिसीका अनुसार बाथरुम गएपछि‚ हाच्छ्यूँ गरेपछि करीब २० सेकेन्डजति हात धुनुपर्छ। नाङ्गा हातले आँखा‚ नाक‚ मुख नछुनसमेत सिडिसीले आग्रह गरेको छ।

मास्क लगाउनु आवश्यक छ?
यदि तपाईं पहिलैदेखि बिरामी हुनुहुन्छ र चिकित्सक होइन भने यसको एउटा छोटो उत्तर भनेको ‘नलागाउनु’ नै हुन्छ। मास्क लगाउनु नै यसको नियन्त्रणका लागि पर्याप्त नभएको बताउँदै‚ ‘मास्क लगाउनु भनेको आफूमा रहेको भाइरस अरुमा फैलन नदिनका लागि हो।’ ब्रिवेरले भने।

सामान्य सर्जिकल मास्कले बिरामी व्यक्तिको मुखबाट आउने छिट्टाहरू रोक्ने भएकाले यसको प्रयोग विशेषगरी चिकित्सक र बिरामी व्यक्तिले गर्नु उपयुक्त हुन्छ।

कोरोना लागेका बिरामी निको हुनु भनेको के हो?
‘सरुवा रोगबाट निको हुनु भनेको एक त रोकथाम अर्को पूर्ण रुपमा निको हुनु हो।’ एमोरि यूनिभर्सिटी अफ मेडिसिनका प्रोफेसर ब्रुस रिब्नरले जानकारी गराए।
यदि कोही सुधारको महशुस गर्छ र सम्बन्धित रोगका लक्षण पनि देखा पर्न छाडेमा त्यसलाई ‘क्लिनिकल्ली क्युअर्ड’ भनिन्छ भने यदि सम्बन्धित डाक्टरले बिरामीलाई निको भएको महशुस गरे र अब सो रोग अरुलाई नसर्ने भन्ने पुष्टी गरेपछि त्यसलाई ‘प्याथोजन क्युर्ड’ भनिन्छ।

कहिले होला पूर्ण नियन्त्रण?
कोभिड-१९ मौसमी हुन सक्ने विभिन्न विज्ञहरूले बताएका छन्। जाडो मौसममा यसले असर छाडेकाले यसको असर गर्मीमा बिस्तारै कम हुँदै जानसक्ने विश्वास गरिएको छ। यसको अधिक संक्रमण उत्तरी क्षेत्रतिर ज्यादा देखिएकोले पनि यसको असर गर्मीको समयमा कम हुने विश्वास गरिएको छ।


‘यसको बारेमा केही पत्ता लागि नसकेकाले यसले यही नै गर्छ भनेर भन्न सक्ने स्थिति छैन।’ म्याकगियरले भने‚ ‘यो कसरी फैलन्छ भनेर यकीन गरेर भन्न नसकिने स्थिति छ। कोरोना पनि अरू नियमित फ्लूजस्तै भएको तर यो कसर फैलन सक्छ भन्ने विषयमा अझै पनि यकीन गर्न सकिएको छैन।’

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्