काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६ प्रतिशतको गिरावटपछि कारोबार बन्द गरिएको छ। नेप्सेका अनुसार सोमबार १ बजेर २९ मिनेटपछि कारोबार रोकिएको हो।
६ प्रतिशतको नेगेटिभ सर्किटपछि दिनभरका लागि कारोबार रोकिएको नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साँउदले जानकारी दिए। सोमबार परिसूचक ९६ दशमलव ०६ अंकले घटेर १ हजार ४ सय ९५ दशमलव ३० अंकमा कायम भएको छ। सेन्सेटिभ परिसुचक पनि १९ दशमलव २० अंक अर्थात ५ दशमलव ६४ अंकले घटेको छ।
करिब २ घण्टा बराबरमात्रै कारोबार हुँदा १ स सय ७३ वटा कम्पनीको २ अर्ब १५ करोड ४४ लाख ४२ हजार रुपैयाँ बराबरको ४९ लाख ८६ हजार ५ सय ४४ कित्ता सेयर किनबेच भएको छ।
सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचकमा ६ सय ९० दशमलव ३० अंकको गिरावट देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।