काठमाडौं- सरकारले १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले योजना स्वीकृत गरेको हो।
सोमबार उपचारका लागि अस्पताल भर्ना हुन लागेका ओलीले त्यसअघि आयोगको बैठक राखेर योजना स्वीकृत गराएका छन्। राष्ट्रिय योजना आयोगले यसअघि नै तयार गरेको पन्ध्रौँ योजनाको आधार-पत्रअनुसारकै योजना तथा कार्यक्रम तयार गरेको थियो। त्यही योजना स्वीकृत गरिएको आयोगका सदस्य डा रामकुमार फुयालले जानकारी दिए।
आयोगले यसअघि नै कार्यान्वयनमा ल्याइएका २२ वटा राष्ट्रिय गौरवका आयोजना, १८ वटा नयाँ रुपान्तरणकारी आयोजना र १७७ उच्च प्राथमिकता प्राप्त आयोजनासहित नयाँ योजना स्वीकृत गरेको हो। आयोगले अबको ५ वर्षमा १५९५ अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य लिएको छ। हाल प्रतिव्यक्ति आय १०४७ अमेरिकी डलर छ।
यसैगरी अहिले १८ प्रतिशत रहेको निरपेक्ष गरिबी एकल विन्दूमा ल्याउने लक्ष्य राखिएको छ। सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा अबको २५ वर्षमा पुरा गर्ने गरी यो योजनालाई त्यसको आधार मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।