• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ को चुनावमा धाँधली भएको एमालेको निष्कर्ष

64x64
नेपाल लाइभ आइतबार, असोज ८, २०७४  १७:१९
1140x725

काठमाडौं- तीन दिनसम्म राजधानीमा चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनको तेस्रो चरणमा अप्रत्यासित नतिजा आउनुमा सत्ताको चरम दुरुपयोग र धनपैसाको प्रयोग भएको निष्कर्ष निकालेको छ।

६ गतेदेखि सुरु भएको बैठकले १४ बुँदे प्रस्ताव सार्वजनिक गर्दै सत्ताको आडमा लोकतन्त्रको उपहास हुने गरी मधेसमा निर्वाचन भएको जनाएको छ।

२ नम्बर प्रदेशमा स्वेच्छाचारी किसिमले स्थानीय तहको संख्या हेरफेर गर्ने, आतंकको वातावरण सिर्जना गर्ने, बुथ कब्जा गर्ने, कर्मचारी सरुवा– बढुवा र राजनीतिक नियुक्ति गर्ने गठबन्धन सरकारको कार्यले निर्वाचनमा असर पारेको एमालेको प्रस्तावमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गठबन्धन सरकारले भ्रष्टाचार र तस्करीलाई संस्थागत रुपमा संरक्षण गरेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको प्रसंगमा दिएको अभिव्यक्ति नेपालको व्यवस्थापिका–संसद र नेपाली जनताको सार्वभौमिकतालाई होच्याउने खालको भएको उल्लेख गरेको छ। म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिंग्या शरणार्थीहरुलाई नेपाल प्रवेश गराउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ।

यस्ता छन् एमाले केन्द्रीय कमिटीबाट पास भएका १४ बुँदे प्रस्ताव
१)  बडादशैं, तिहार, नेपाल सम्बत ११३८, छठ र उभौलीका उपलक्ष्यमा यो बैठक समस्त देशवासी र प्रवासी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ । 
 
२)  राष्ट्रियता, लोकतन्त्र, सामाजिक सद्भाव र समृद्धिको लक्ष्य हासिल गर्न आगामी निर्वाचनमा एकताबद्ध भएर सक्रियता र दृढताका साथ अग्रसर रहन यो बैठक पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभच्छेकहरुलाई हार्दिक आव्हान गर्दछ । 
 
३) पार्टीको सङ्गठनात्मक जीवन र प्रणालीमा उत्पन्न समस्याहरुलाई केन्द्रीय कमिटीको सातौं बैठकबाट पारित १० बुँदे विशेष प्रस्तावको भावना अनुरुप समाधान गर्दै अघि बढ्न यो बैठक सम्बद्ध सबैलाई निर्देशित गर्दछ । 
 
४)  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को पक्षमा मतदान गरी पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रथम स्थान दिलाउने सम्पूर्ण मतदाताहरुप्रति कृतज्ञता प्रकट गर्दै यो बैठक सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । निर्वाचनमा सत्ता संरक्षित आक्रमणबाट हत्या गरिनुभएका दोलखा जिल्ला,गौरिशंकर गाउँपालिकाका कमरेड कुलबहादुर तामाङ तथा बाजुरा जिल्ला, छेडेदह गाउँपालिकाका कमरेड हंस बहादुर राउतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका परिवारजनलाई राहत उपलब्ध गराउन, दोषीलाई कडा कार्बाही गर्न नेपाल सरकारसंग माग गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
 
५)  कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनको घोषणा भइसकेपछि दुई नम्बर प्रदेशमा स्वेच्छाचारी किसिमले स्थानीय तहको संख्या हेरफेर गर्ने, आतंकको वातावरण सिर्जना गर्ने, बुथ कब्जा गर्ने, कर्मचारी सरुवा– बढुवा र राजनीतिक नियुक्ति गर्ने, विकास आयोजनाहरुको शिलान्यास र उद्घाटन गर्ने लगायत राज्यसत्ताको चरम दुरुपयोग गरेकोमा तथा लोकतन्त्रको उपहास हुने गरी धनपैसाको प्रयोग गरेकोमा यो बैठक निन्दा गर्दछ । यस्ता प्रतिकूलताका बीचमा पनि नेकपा (एमाले) ले प्राप्त गरेको मतले नेपाली जनता, विशेषतः तराई–मधेशका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको छ । निर्वाचनको समग्र परिचालन, उम्मेदवार चयन लगायतमा भएका आन्तरिक कमजोरीहरुको उचित समीक्षा गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न यो बैठक सम्बद्ध सबैलाई हार्दिक आव्हान गर्दछ ।
 
६)  कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्रीले निर्वाचन आयोगको निर्देशनको ठाडो अवज्ञा गर्दै स्थानीय तहको निर्वाचनकै बीचमा तथा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा लोकतान्त्रिक मूल्यमान्यता र जनअपेक्षा विपरीत निर्वाचनलाई प्रभावित गर्ने र राष्ट्रिय ढुकुटीमा दोहन गर्ने गरी मन्त्रिपरिषद्को विस्तार गरेर ५६ सदस्य पु¥याएकोमा बैठक आपत्ति प्रकट गर्दछ । अमेरिका भ्रमणका दौरानमा प्रधानमन्त्रीले यसलाई उचित ठह¥याउँदै मन्त्रिपरिषद् अझ विस्तार हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछ । 
 
७)  निर्वाचन आचार संहिता लागू भइसकेपछि गठबन्धन सरकारबाट भइरहेका कर्मचारीहरुको सरुवा, बढुवा, नियुक्ति, देशलाई दीर्घकालीन असर पार्ने किसिमका निर्णय, विदेशी निकायसँग विभिन्न सहमति जस्ता कार्य गरिरहेकोमा आपत्ति प्रकट गर्दै यस्ता क्रियाकलाप बन्द गर्न बैठक नेपाल सरकारसंग माग गर्दछ । साथै आचार संहिताको यस्तो उल्लंघनलाई कडाइका साथ नियन्त्रण गर्न र उल्लङ्घन गर्नेहरुलाई नियम–कानून बमोजिम निष्पक्ष रुपमा  कार्वाही गर्न यो बैठक निर्वाचन आयोगसँग माग गर्दछ । 
 
८)  गठबन्धन सरकारले भ्रष्टाचार र तस्करीलाई संस्थागत रुपमा संरक्षण गरिरहेकोमा त्यस्को तीब्र विरोध गर्दै देशको अर्थतन्त्र र कानूनी शासनमा समेत आँच पु¥याउने यस्ता गतिविधिहरु तुरुन्त बन्द गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


९)  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित समयमै निष्पक्ष, स्वच्छ, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यो बैठक नेपाल सरकार तथा निर्वाचन आयोगसँग माग गर्दछ । निर्वाचनबारे आशंका, अन्योल र भ्रम सिर्जना हुने कुनै काम–कुरा नगर्न सरकारसँग बैठक माग गर्दछ । 

१०)  प्रधानमन्त्री शेर बहादुर देउवाले हालै भारत भ्रमणका अवसरमा नेपालको व्यवस्थापिका–संसद र नेपाली जनताको सार्वभौमिकतालाई होच्याउने गरी संविधान संशोधनको प्रसंगमा दिनुभएको मन्तव्यप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै उहाँले संयुक्त वक्तव्यमा नेपालको संविधान अनुसारको स्वतन्त्र परराष्ट्र नीतिमा आँच पु¥याउने, राष्ट्रिय योजना आयोगलाई भारतीय नीति आयोगको प्रभावमा पार्ने, नेपाली सेना र सुरक्षा प्रणालीमा समेत वाह्य संलग्नता निम्त्याउने, कुनै अध्ययन र प्रक्रिया बिना नेपालमा  भारतलाई ग्यास पाइप लाइन ओछ्याउन दिने, पूर्वका ११ जिल्ला डुब्ने गरी नेपालको हित विपरीत कोशी उच्च बाँध बनाउने, पञ्चेश्वर जलविद्युत परियोजनाबाट उत्पादन हुनुपर्ने विद्युत पूर्वसहमति विपरीत घटाउने जस्ता सहमति गरेकोमा यो बैठक आपत्ति प्रकट गर्दछ । 
 
११)  नेपालको संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय स्वाधीनता, लोकतन्त्र,राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिका लागि निकै महत्वपूर्ण प्रक्रियाका रुपमा रहेका आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई कसैको अबाञ्छित प्रभाव, दवाव र प्रलोभनमा नपरी देश र जनताप्रतिको कर्तब्य इमान्दारीका साथ पालन गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा निर्भिकताका साथ योगदान गर्न सम्पूर्ण न्याय, निजामति र सुरक्षा सेवाका राष्ट्रसेवकहरुलाई यो बैठक हार्दिक आव्हान गर्दछ ।
 
१२)  स्वतन्त्र न्यायपालिकाकामाथि नै आँच पु¥याउने गरी भारतीय पक्षबाट अदालतलाई कुनै मुद्दामा आफ्नो हित अनुकूल फैसला हुनुपर्ने भनी पत्र लेख्ने कामप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ । उक्त पत्रलाई अस्वीकार गर्दै फिर्ता गर्नुको साटो नेपालको परराष्ट्र मन्त्रालयले सम्बन्धित अदालतलाई पठाउने कार्यको यो बैठक भत्र्सना गर्दछ । नेपालको संविधान र स्वतन्त्रताको हेक्का राख्न सम्बन्धित सबै पक्षलाई सचेत तुल्याउन चाहन्छ ।
 
१३)  राष्ट्रियता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, संविधानको रक्षा र कार्यान्वयन, सामाजिक न्याय र समानता तथा मुलुकको समृद्धिलाई न्यूनतम आधार बनाएर सहकार्यका साथ अगाडि बढ्न सबै वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्ति÷व्यक्तिहरुलाई यो बैठक हार्दिक आह्वान गर्दछ ।  
 
१४)  म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिंज्या शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय कानून विपरीत भारतको भूमि भएर नेपाल प्रवेश गराउने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै यो बैठक नेपाल सरकारसँग त्यस्ता शरणार्थीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन र नेपाल शरणार्थी समस्याको भुमरीमा फस्ने स्थिति आउन नदिन आवश्यक कदम चाल्न माग गर्दछ ।

प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप शुक्रबार, कात्तिक २७, २०८३
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’ शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्