काठमाडौं- मन्त्रिपरिषद् बैठक सोमबार पनि बस्ने भएको छ।
आइतबार बसेको बैठकले भ्रमण वर्ष स्थगनदेखि चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने र विभिन्न निकायका सचिवहरू सरुवा गरेको मन्त्रिपरिषद् बैठक सोमबार पनि बस्ने भएको हो। तर आइतबारको बैठकमा सरकारको सिफारिसमा राष्ट्रियसभामा जाने उम्मेदवारबारे कुनै प्रस्ताब नै पेस भएको भएको थिएन।
यसैबीच, प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ।
यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना गरिनेछ।
आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।