काठमाडौं- राष्ट्रिय सभामा २१ गते रातिबाट एक सदस्य रिक्त हुँदैछन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका डा युवराज खतिवडाको पदावधि त्यही दिन सकिने भए पनि नयाँ नियुक्ति कसलाई गर्ने भन्ने टुंगो लाग्न सकेको छैन।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा यसबारे कुनै प्रस्ताव प्राप्त नभएको एक मन्त्रीले जानकारी दिए।
'यसबारे कुनै प्रस्ताव प्राप्त भएन,' ती मन्त्रीले भने, 'मलाई लाग्छ केही समय यो सिट खाली रहन्छ।'
अर्थमन्त्रीसमेत रहेका खतिवडालाई दोहोर्याउने वा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको मनोनित कोटामा सिफारिस गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपा भित्र विवाद हुँदा यो स्थान खाली हुने सक्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।