काठमाडौं- सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’स्थगित गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
विश्वव्यापी संकटको रुप लिन थालेको कोरोना भाइरसको असरका कारण नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’स्थगित गरिएको हो।
चैत २० देखि २२ सम्म आयोजना हुन लागेको कार्यक्रम स्थगित भएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबारमात्रै विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरेका थिए।
संक्रमणको संकट बढ्दै गएका बेला एक महिनापछि हुन लागेको कार्यक्रम अहिलेलाई स्थगन आयोजना मिति केही समय पछि सार्न उपयुक्त हुने निचोडमा परराष्ट्र मन्त्रालय पुगेको स्रोतको थियो।
सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको थियो।
संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको थियो।
सगरमाथा संवादको तयारी स्वरुप गत माघ २६ गते परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद पनि आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।