जुम्ला- नेपाल कम्युनिस्ट पाटी (नेकपा) जुम्लाले अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा प्रहरीले खोजिरहेका व्यक्ति भएको दाबी गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपा जुम्लाले उनी सहिद परिवार र नेकपाको समर्थक नभएको तर प्रहरीको खोजी सूचीका व्यक्ति भएको दाबी गरेको हो।
'प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जुम्लामा पनि पटक पटक अराजनितिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति हुन्,' नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
पूर्व लडाकु र सहिद परिवार भनेर हल्ला भइरहेकोमा कुनै सत्यता नरहेको अध्यक्ष कुँवरको दाबी छ।
तिरुवामाथि कानुन बमोजिम कडा कारबाही गर्न नेकपा जुम्लाले माग गरेको छ।
‘राजनितिक परिर्वतनका सूत्रधार कमरेड प्रचण्डमाथि गरिएको निन्दनीय कार्यको नेकपा जुम्ला घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।