काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महारागन्जमा बुधबार मिर्गौला प्रत्यारोपण गरिने, वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने कुरा टुंगिसकेको प्रवक्ता श्रेष्ठको भनाइ।
२) बाँस्कोटाको अडियो काण्ड छायाँमा पार्न श्वेतपत्रमा आफ्नो नाम जोडेको कांग्रेस सभापति देउवाको आरोप, सेक्युरिटी प्रेसबारे कमिसन डिलको अडियोमा ‘हामी’ भनेको को–को हुन् खुल्नुपर्ने माग।
३) नेप्सेमा रेकर्ड राख्ने क्रम जारी, १५ दिनयता दोस्रो बजारको अधिकतम कारोबारमा दिनदिनै नयाँ रेकर्ड कायम, ४ अर्ब ८४ करोड नाघ्यो कारोबार।
४) एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित, एसिया कप छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर।
५) र, कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा पनि एक जनाको मृत्यु, वासिङ्टनमा आपतकाल घोषणा, विश्वभरका विमान कम्पनीद्वारा २ लाखभन्दा बढी उडान रद्द।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।