काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ।
जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले कुटपिट गरेका हुन्। त्यस्तै ट्रेड युनियनका नेता भोला पोखरेलले मोबाइल प्रहार गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिएर सभाहलबाट बाहिर ल्याउँदै गरेका बेला जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लात्तीले हानेका थिए।
तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।