काठमाडौं- चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड १९) को संक्रमण नरहेको पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरुमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। चालक दलका १८ जना सबैमा कोरोना भाइरसको संक्रमण नरहेको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए।
कोरोना परीक्षणका लागि शनिबार उनीहरु सबैको नमुना संकलन गरिएको थियो। उनीहरुलाई क्वारेन्टाइन (निगरानी) का लागि नगरकोटमा राखिएको थियो।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सबैको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ। उनीहरुको नमुना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।
उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।