काठमाडाैं- 'स्वच्छ देश स्वस्थ मधेश' भन्ने नारासहित एकताको लागी दौड (वीरगञ्ज म्याराथन) सम्पन्न भएको छ।
सेना दिवस- २०७६ को उपलक्ष्यमा नेपाली सेनाको मध्य पृतना हेड क्वाटर, मध्य पूर्वी पृतना हेड क्वाटर, नं २८ बाहिनी अड्डा, वीरगंज महानगरपालिका र नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ को संयुक्त सहकार्य तथा आयोजनामा उक्त म्याथन दाैड भएकाे हाे।
देशभरीका करिब ५००० जना महिला तथा पुरुषहरुको सहभागीता रहेको उक्त म्याराथनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट प्यारा ईभेन्ट, प्रधानसेनापति पूर्णचन्द्र थापाबाट खुल्ला महिला तथा पुरुष दौड र त्रिभुवन आर्मी क्लबका अफिसियलहरुबाट अन्य विधाका दौडको शुभारम्भ गरिएको सेनाले जनाएकाे ।
४२ किलाेमिटर खुल्ला म्याराथनमा प्रथम भएका नेपाली सेनाका अमल्दार खगेन्द्र भाटलाई मुख्यमन्त्री राउतले १ लाख २५ हजार रुपैयाँ, टिभिएस मोटरसाइकल तथा प्रमाणपत्र प्रदान गरे।
शनिबार सम्पन्न एकताको लागी दौडतर्फकाे ५ किलाेमिटर दौडमा (कक्षा ८-१०) मा छात्रतर्फ युवराज लिम्बु र छात्रातर्फ फूलनाज खातुन प्रथम भए। ५ किमि (कक्षा ११-१२) मा छात्रतर्फ नारायण कुमार कुस्मा र छात्रातर्फ अन्जु खड्काले प्रथम भए।
यसैगरी ५ किमि ४० वर्षभन्दा माथि गैरसैनिक व्यक्तिहरुतर्फ जय नरेश सिंहले प्रथम स्थान हासिल गरे। १० किमि खुल्ला दौड गैरसैनिक विधाको पुरुषतर्फ सागर श्रेष्ठ र महिलातर्फ सकुन्तला ठगुन्नाले प्रथम स्थान हासिल गरे। सोहि विधाको विभागियतर्फ नेपाली सेनाका जमदार कल्याण बानियाँ (पुरुषतर्फ) र सिपाही पूर्णलक्ष्मी न्यौपाने (महिलातर्फ) प्रथम भए।
प्यारा इभेन्टतर्फ सन्तोष महताेले प्रथम स्थान हासिल गरे। २१ किमि खुल्ला हाफ म्याराथनको पुरुषतर्फ सिपाही गजेन्द्र राई र महिलातर्फ राजपुरा पछाई प्रथम भए। उनीहरुलाई प्रधानसेनापति थापाले नगद ७५ हजार रुपैयाँ तथा प्रमाण पत्र प्रदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।