काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) एमसिसी परिमार्जन बिना पारित गर्न नसकिने नेकपा अध्यक्ष प्रचण्डको भनाइ, ५५ अर्बका लागि राष्ट्रिय हितमा ’कम्प्रमाइज’ गर्न नसकिने तर्क ।
२) नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका सबै कार्यक्रम स्थगित, कोरोनाका कारण २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यमा असर ।
३) भौतिक पूर्वाधार मन्त्री नेम्वाङद्वारा सय दिने कार्य प्रगति विवरण सार्वजनिक, उपत्यकाभित्र सडकका ९ हजार ५ सय खलडाखुल्डी पुरेको र मर्मतसहित २७ किलोमिटर सडक कालोपत्रे ।
४) एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपालको हार, सन्दीपको कीर्तिमान, टि–२० क्रिकेटमा ऐतिहासिक सय विकेट पूरा ।
५) र, कोरोनाको त्रासः जापानमा कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध, नाइजेरियामा १ जनामा कोरोनाको लक्षण, भाइरस संक्रमण बढी देखिएको मुलुकमा चीनपछि दक्षिण कोरिया ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।