राजविराज– सप्तरीमा जंगली हात्तीको आक्रमणमा परी शनिबार एक महिलाको मृत्यु भएको छ।
कञ्चनरुप नगरपालिका–५, पथरीटोलकी ४१ वर्षीय देवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। घाँसदाउरा खोज्न कोशी टप्पु वन्यजन्तु आरक्षमा पसेकी मुखियालाई हात्तीले आक्रमण गरेको र घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मकेन्द्र मिश्रले बताए। सप्तरीमा वर्षेनी हात्ती, अर्नालगायतका जंगली जनावरको आक्रमणबाट मर्नेको संख्या थपिँदै गएको छ।
कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादवलगायत १ दर्जनभन्दा बढी संख्यामा सर्वसाधारले जंगली जनावरको आक्रमणमा परी ज्यान गुमाएका छन्। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।