काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिकोत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले फिल्म सुटिङस्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणालीबाट काम हुने गरी सरकारले काम गर्न लागेको बताए। 
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका खतिवडाले भने, 'लेखक, कलाकार र पत्रकारलाई जीवनवृत्ति दिने व्यवस्था गर्नसमेत सरकारले काम गरिरहेको छ। यो क्षेत्रका प्रतिभालाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा छैन,' मन्त्री खतिवडाले भने। 
लामो समयदेखि नेपालको आर्थिक सामाजिक रुपान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको उनको भनाइ थियो। मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले स्मरण गरेका थिए। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।