काठमाडाैं- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाउने सरकारकाे निर्णय फिर्ता लिन माग गरेकाे छ। इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने र नागरिक मारमा पर्ने भन्दै उसले यस्ताे माग गरेकाे हाे।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर ४ बुँदे माग राख्दै सरकारले ती माग पूरा नगरे आन्दाेलनमा जान बाध्य हुने बताएका छन्।
नेविसंघले आयातित पाठ्यपुस्तकमा कर नलगाउन, ललितानिवास जग्गा प्रकरण र प्रिन्टिङ प्रेस काण्डमा मुछिएका नेता मन्त्री र नेतालाई छानबिन गर कडा कारबाही गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न माग गरेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।