एजेन्सी- दिल्लीको अरविन्द केजरीवालको सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउनका लागि स्वीकृति दिएको छ। शुक्रबार दिल्ली सरकारले मुद्दा चलाउनका लागि स्वीकृति दिएको हो।
सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा भारतविरोधी नारा लगाएको आरोपमा यसअघि प्रहरीले कन्हैया कुमार‚ उमर खालिद र अनिर्बानबाहेक अन्य ७ जनालाई अभियुक्त बनाएको थियो।
गत हप्ता दिल्ली प्रहरीले मुख्यमन्त्री केजरीवाललाई पत्र लेखेर कन्हैयासहित बाँकी विद्यार्थी नेतालाई मुद्दा चलाउने अनुमति दिन आग्रह गरेको थियो।
दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको कन्हैया कुमारले प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।