• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

घुसमा लिप्त प्रहरी : दुई किलो नुन ल्याउनेलाई पनि छाडेनन्

64x64
नारायण अधिकारी शुक्रबार, फागुन १६, २०७६  १८:१८
1140x725

काठमाडौं–सीमा नाकाको सुरक्षामा खटिएका प्रहरी अतिरिक्त रकम जोहो गर्न कतिसम्म गिर्न सक्छन् भन्ने सीमा नाकाको एक घुस काण्डले खुलाएको छ। सीमा नाकामा बस्ने प्रहरीले दुई किलो नुन, तेल, र चिनी ल्याउनेसँग पनि पोकैपिच्छे घुस लिँदै आएका छन्। केही अहिले फन्दामा परिसकेका छन्, केही बाँकी छन्।

घटना हो सिरहाको। इलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरीले भारतबाट घरायसी सामान बोकेर ल्याउनेसँग पनि घुस लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएको थियो। नाकामा बसेर निगरानी गर्दा सूचना सत्य देखियो र माघ ८ मा दुई किलो नुन, तेल, र चिनी बोकेका व्यक्तिबाट घुस लिएको आरोपमा प्रहरी जवान राजकुमार यादव पक्राउ परे। 

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत यादवले दक्षिण सीमा नाकाबाट सामान ल्याउँदा आफूले सहजीकरण गर्ने भन्दै ती व्यक्तिबाट १ हजार  रुपैयाँ घुस लिएका थिए। 
केही दिनअघि मात्रै पर्सामा कार्यरत प्रमुख असई पूर्णबहादुर तमाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र सिपाही राजकुमार गुरुङ पनि घुसमै तानिएका प्रहरी कर्मचारी हुन्। उनीहरुले हुण्डी कारोबार गर्न लागिएको २० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेपछि १० लाख लिएर हुण्डी कारोबारीलाई छाडेको खुलेपछि जिल्ला प्रहरी कार्यालय पर्साले अख्तियारको जिम्मा लगाएको थियो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ठाउँ अनुसार फरक–फरक शैलीले घुस लिने प्रवृत्ति देखिन्छ। राजमार्गतिर गाडी सप्लाइका लागि, सीमा नाकामा भन्सार छलीका लागि घुस लिने गरेको देखिएको उनले बताए।

सामूहिक रुपमै लिन्छन् घुस

प्रहरीमा पछिल्लो समय त अझ सामूहिक रुपमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदो छ। गत वर्षको भदौमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका प्रहरीले संयुक्त रुपमा घुस लिएका थिए। एक्लै घुस लिँदा सार्वजनिक हुने डरले सामूहिक रुपमा लाइन लागेर घुस लिएको पाइएपछि अख्तियारले त्यसबेला ९ जना प्रहरीलाई पक्राउ गरेको थियो।

असई गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना, हवल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र पजवानरत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई पक्राउ गरेको थियो। त्यसपछि फाट्टफुट्ट रुपमा एक–दुई जना प्रहरी अख्तियारको फन्दामा परे पनि अहिले फेरि ठूलो संख्यामा एउटै घटनामा ठूलो संख्यामा प्रहरी मुछिएका छन्।

झापा घर भएका प्रहरी निरीक्षक खेम नेपाल शक्तिकेन्द्रको पहुँचमार्फत् आकर्षक मानिएको सीमा प्रहरी चौकी टिमुरे रसुवामा काज मिलाएर खटिएका थिए। अन्ततः उनै नेपालसहितको टिमुरेका १६ प्रहरी मिलेर गत पुस ११ गते ४ सय २२ ग्राम किलो सुन नै गायब बनाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्दा ४ सय २२ ग्राम सुन फेला परेको थियो। त्यसबेला नेपालकै आदेशमा तस्करी गरेर सुन ल्याएका चालक फुर्वा तामाङ छाडिए। बरामद सुन राजस्व अनुसन्धान विभाग पठाउनु पर्नेमा १६ भाइ प्रहरी मिलेर बाँडीचुँडी खाए। 

तर उक्त घटना प्रहरीले भने गुपचुप नै राखेको थियो। यस विषयमा छानबिन गर्न भन्दै प्रदेश ३ का एसएसपी किशोरकुमार दाहाल नेतृत्वको टोलीले छानबिन गरेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाए पनि उनीहरुमाथि कुनै कारबाहीको संकेत देखिएको थिएन। अन्ततः अख्तियारले सुन गायब बनाउने काममा संलग्न रहेका प्रहरी निरीक्षक नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि यो घटना सार्वजनिक भएको थियो।

यसरी सामूहिक रुपमा इन्चार्ज नै संलग्न भएर संस्थागत भ्रष्टाचारका घटना प्रहरीमा देखिनु डरलाग्दो रुप भएको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।

अझ जिल्ला इन्चार्जकै संलग्नतामा हुँदै नभएका प्रहरीलाई समेत देखाएर भ्रष्टाचारसमेत भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डिएसपी त्रिलोकबहादुर चन्दसमेत ५ जना प्रहरी मिलेर हुँदै नभएको प्रहरीको समेत दरबन्दी देखाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले फागुन १३ गते विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो।

शव ओसार्दा लागेको खर्च, नक्कली सिपाही खडा गरेर त्यसबापतको तलबको भ्रष्टाचार गरेर उनीहरुले ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। 

सुपरीवेक्षणको अभावमा मौलाउँदो घुस

पूर्व डिआइजी मल्लका अनुसार मुख्य गरी तीन वटा कारण प्रहरीमा घुस लिने प्रवत्ति बढेको छ। ती हुन्, सुपरीवेक्षण, सरुवा। 

आफू मातहतका निकायमा राम्रोसँग सुपरीवेक्षण तथा निगरानी नहुँदा घुस दिने प्रवृत्ति बढ्छ। ‘निगरानी गर्ने निकायले बारम्बार निगरानी गर्ने र आचरणसम्बन्धी क्लास दिने हो भने पनि घुस लिने प्रवृत्ति घट्छ,’ मल्ल भन्छन्।

त्यस्तै ‘राइट म्यान राइट प्लेस’ को नीति राम्रोसँग कार्यान्वयन नहुँदा पनि घुसको समस्या आउने गरको छ। राम्रो आचरण भएको व्यक्तिलाई त्यही अनुसारको पोष्टिङ दिने हो भने ती व्यक्ति मातहतका प्रहरी अधिकारीको आचरण पनि सुधार हुने गर्छ। 

अख्तियारका प्रवक्ता कोइराला पनि मल्लको भनाइमा सहमत छन्। प्रहरीमात्र नभएर अन्य निकायका अधिकारीमा पनि यो प्रवृत्ति रोग झैं भइसकेको उनले बताए। 

‘प्रहरीमा मात्रै होइन, इन्जिनियर, शिक्षकदेखि मालपोत लगायतमा घुसले जरा गाडेको छ’ कोइरालाले भने, ‘सूचना आएसम्म र हामीले जानकारी पाएसम्म कारबाही गरिरहेका छौं।’

७ महिनामा ७४ प्रहरी अख्तियारको फन्दामा

चालु आर्थिक वर्षको अहिलेसम्म ७४ प्रहरी अख्तियारको फन्दामा परेका छन्। गत साउनबाट अहिलेसम्म सिपाहीदेखि डिएसपीसम्मका ७४ प्रहरीविरुद्ध अख्तियारले कारबाही थालेको छ। उनीहरुमध्ये अधिकांश घुससहित पक्राउ परेका छन् भने केही प्रहरी नक्कली शैक्षिक प्रमाणपत्रमा तानिएका छन्।

शव ओसार्दा र नक्कली सिपाही खडा गरेर भ्रष्टाचार  गरेको अभियोगमा मुद्दा दायर भएका प्रहरीहरुमा डिएसपी त्रिलोकबहादुर चन्द, सई माधव चन्द ठकुरी, हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री छन्।

आधा किलो सुन गायव बनाएको आधारमा निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवल्दार रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ, जवान शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा, कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ छन्।

घुस काण्डमा पर्ने प्रहरी जवानहरुमा गमहिरा साह तेली, तेजप्रसाद भट्टराई, देवेन्द्र बलायर, भरत कटुवाल, बलराम यादव, आकाश खनाल, निरज भण्डारी र हिटलर साउद, ज्ञानबहादुर लामा, हरिचन्द्र बाँनिया, छविलाल पोख्रेल, राजकुमार यादव, लोगबहादुर खड्का, सरोजकुमार यादव, मनोज कुर्मा यादव, सूचक– धर्मेन्द्रकुमार झा, रतिराम चौधरी, दीपक चौधरी छन्।

त्यसैगरी असई शमबहादुर माझी, अनुसन्धान सहायक– वीरेन्द्रप्रसाद पाण्डे र वीरेन्द्र बर्मा, प्रेमबहादुर थापा, उमेश केशी, सूर्यबहादुर अधिकारी छन्। 

यस्तै, सई रमेशबहादुर पाण्डे, राजु स्वर्णकार, कालिचरण पञ्जियार, खिमबहादुर जिसी, हेमन्त केसी, राजेशकुमार सिंह, जटाशंकरप्रसाद कलवार, बृजेशप्रसाद चौधरी, विपिनचन्द्र पन्त घुस काण्डमा परेका छन्। 

हवल्दारमा रामहरी मानन्धर, भक्तबहादुर हायु, रामहरि मानन्धर, सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी, राजु श्रेष्ठ, ज्ञानेन्द्र मौर्य, ज्ञानबहादुर चौधरी छन्। यस्तै, रवीन्द्र श्रेष्ठ, जयनेपाल थापा, रामकिशोर साह तथा सशस्त्र इन्सपेक्टर तेजबहादुर जोरा पनि घुसमा मुछिएका हुन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभाको बैठकमा सरकारले गरिरहेको कामका बारेमा जानकारी दिँदै उद्धार गरिएका विपत् क्षेत्रका नागरि... बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारी भ... बुधबार, भदौ १०, २०८३
रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित भए : पीडित आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने ध... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर बुधबार, भदौ १०, २०८३
‘भीआईपी मुभमेन्टमा ख्याल गरौँ, उद्धारमा सुरक्षाकर्मी नछुटून्’ : रवि लामिछाने बुधबार, भदौ १०, २०८३
बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गर्न मन्त्री श्रेष्ठको निर्देशन बुधबार, भदौ १०, २०८३
विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्