काठमाडौं–सरकारले पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशमा हिल स्टेसन निर्माण गर्ने भएको छ। भारतीय सीमाबाट नजिक रहेको पहाडमा पर्यटन विकासका लागि हिल स्टेसन निर्माणको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तमाङले बताए।
मन्त्रालयले बिहीबार सातै प्रदेशमा हिल स्टेसन निर्माणका लागि आवश्यक गुरुयोजना तयार गर्न भन्दै आशयपत्र माग गरेको छ।
मन्त्रालयले ७ वटा प्रदेशमध्ये २ नम्बर प्रदेशमा भने धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटन प्रवर्द्धनका विकास गर्ने र अन्य ठाउँमा भने पहाडलाई केन्द्रमा राखेर काम गर्ने गरी गुरुयोजना बनाउन लागेको तामाङले बताए।
‘मन्त्रालयले गर्मीको समयमा तराईबाट पहाडमा चढेर समय बिताउने गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन लागेको हो,’ तामाङले, ‘हामीले यहाँ रिसोर्टदेखि कस्तो-कस्तो पूर्वाधार बनाउन सकिन्छ भने र विस्तृत अध्ययनसहितको गुरुयोजना तयार पार्न लागेका हौं।’ उनका अनुसार यसको लागत ६० लाखको हाराहारीमा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।