सुनसरी– सुनसरीको दुहवी नगरपालिका–३ मा सिटी रिक्साबाट लडेर बिहीबार १ जनाको मृत्यु भएको छ।
मुत्यु हुनेमा दुहबी नगरपालिका–२ का ५५ वर्षीय बुद्ध कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार सिटी रिक्साबाट लडेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।