काठमाडाैं- प्रतिनिधिसभाका सभामुुख अग्निप्रसाद सापकोटा र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत एचइ सईद हम्दान मोहम्मद अल-नकबीबीच भेट वार्ता भएकाे छ।
सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा उनीहरुबीच भेट वार्ता भएकाे हाे। भेटमा दुई देशबीचकाे आपसी हित तथा सम्बन्धका विषयमा छलफल भएको बताइएकाे छ।
भेटमा राजदूतले सभामुख साकोटालाई बधाई तथा शुुभकामना दिए। सभामुख सापकोटाले संयुक्त अरब इमिरेट्समा नेपाली श्रमिकलाई रोजगारी दिएकाेमा धन्यवाद ज्ञापन गर्दै पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।