काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुग्धजन्य शिशु आहारमा विषादी नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा ‘दुग्धजन्य शिशु आहारमा विष’ शीर्षकमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विज्ञप्ति जारी गरेर दुग्धजन्य शिशु आहारमा विषादी नभएको स्पष्ट पारेको हाे।
विज्ञप्तमा भनिएको छ, ‘जनस्यास्थ्य जस्तो संवेदनशील विषयमा जनमानसमा भ्रमपर्ने गरी विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित ‘दुग्धजन्य शिशु आहारमा विष’जस्ता शीर्षकको समाचारप्रति यस विभागको गम्भीर ध्यानाकषर्ण भएको छ।’ दुग्धजन्य पदार्थमा कुनैपनि किसिमको अखाद्य पदार्थ मिसावट गर्न नपाइने उल्लेख गर्दै अन्तराष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्था कोडेक्स अन्तर्गतको एफएओ र डब्लुएचओ जइन्ट एक्सपट कमिटी अन फुड अयाक्टिभिटि (जेइसीएफए)ले वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा तोकेअनुसार नेपाल सरकारले निर्धारण गरेका मापदण्डअनुसार विभागले खाद्य पदार्थको अनुगमन तथा परीक्षण गरिरहेको उल्लेख छ।
विभागले जनस्वास्थ्यसँग प्रत्यक्षसम्बन्धित विषयहरुमा सधैं सचेत र सजग रहेको छ। खाद्य ऐन, २०२३ बमोजिम शिशु दुग्ध आहारलगायत अन्य दुग्धजन्य पदार्थमा अखाद्य तथा हानिकारक वस्तुको मिसावट गरी उत्पादन, आयात तथा बिक्री वितरण गर्न निषेध गरिएको हुँदा दुग्धजन्य आहारमा अखाध्य पदार्थ नहरेको विभागले विज्ञप्तीमा भनिएको छ। कसैले निर्धारितमापदण्ड विपरीत कार्य गरेमा खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।