काठमाडौं- राष्ट्रिय भलिबल टिमका पूर्वखेलाडी बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन्।
बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पूर्वकप्तान बुढाथोकी र कुँवरलाई नगदसहित सम्मान गरेको हो।
बुढाथोकी विभागीय टिम एपीएफ र कुँवर नेपाल पुलिस क्लबमा आबद्ध छन्।
राष्ट्रिय टिम र क्लबको माध्यमबाट भलिबल क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रतिष्ठानले दुई खेलाडीलाई सम्मान गरेको हो। राष्ट्रिय खेलकुद परिषद् र प्रतिष्ठान अध्यक्ष निरोज मास्केले दुवै खेलाडीलाई जनही ३० हजार रुपैयाँ सहित सम्मान गरेका थिए।

प्रतिष्ठानले प्रत्येक दुई वर्षमा भलिबल खेलाडीलाई सम्मान गर्दै आएको छ। अघिल्लो संस्करणमा प्रतिष्ठानले मन्जु गुरुङ र सञ्जय अर्याललाई सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।