एजेन्सी- सिरियाले इदलिबमा कब्जा गरेर बसेका टर्कीका सैनिकमाथि हवाई आक्रमण गरेकाे छ। आक्रमणमा टर्कीका ३३ जना सैनिकको मृत्यु भएको छ।
टर्कीका सैनिकमाथि सिरियाली हवाई सेनाले बम खसालेकाे हाे। टर्कीको हायात प्रान्तका गभर्नर रहमी डोगनका अनुसार हवाई आक्रमणमा इदलिबमा कैयौं मानिसहरु घाइते भएका छन्। बेलायतस्थित 'सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्स'का अनुसार बिहीबार बेलुकी गरिएको हवाई आक्रमणमा परी टर्कीका ३४ सैनिकको ज्यान गएको छ।
सिरियाकाे आक्रमणपछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोनानले बाेलाएकाे उच्चस्तरीय सुरक्षा बैठकमा आक्रमणकाे जवाफ दिने निर्णय भएको छ। रुसको समर्थनप्राप्त सिरियाली सेनाले इदलिब विद्रोहीहरुको कब्जाबाट मुक्त पार्न चाहिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।