काठमाडाैं- संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् प्रमुख मिशेल बाचेलेट जेरियाले भारतमा नागरिकता कानुन संशाेधन र सांप्रदायिक हिंसाको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्।
जेनेभामा मानवअधिकार परिषद्को ४३औं सत्रमा संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगका उच्चायुक्तले विश्वभरि मानवअधिकारको अवस्था र त्यसमा भएको सुधारको बारेमा जानकारी दिए। जसमा भारतको मानवअधिकार उल्लेख गरिएको थियो।
भारत प्रशासित कश्मिरमा धारा २७० खारेज भएपछि साम्प्रदायिक हिंसामा मानिसकाे मृत्यु भएकाे प्रति पनि चिन्ता जनाइएकाे छ। मिशेल बाचेलेटले नागरिकता संशोधनविरूद्ध भारतमा सबै समुदायका मानिसहरुबाट विरोध भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।