डडेल्धुरा- जिल्लामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।
नवदुर्गा गाउँपालिका–२ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुर माथिबाट आएकाे पहिरो पुरिएका प्रहरीले जनाएको छ।
पहिरोमा परि बेडपानी बस्ने ६६ वर्षीय डम्मरे लुहारको मृत्यु भएको हाे। त्यस्तै घाइते हुनेमा सोही ठाउँका ५० वर्षीय पतिराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टिकाराम भट्ट रहेका छन्।
घाइतेहरुको उद्धार गरी डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।