काठमाडौं– अर्थ मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले राष्ट्रियसभा सदस्य आफू रहने या नरहनेबारे कुरा गर्ने बेला अझैँ नआएको बताएका छन्।
‘अलि बेला भएको छैन्,’ बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘२१ सपथ खाने समय तोकिएको छ। २१ गते तपाईंहरुसँग फेरि भेट हुन्छ। त्यती बेलै यो विषयमा कुरा गरौंला।’
बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले राष्ट्रपतिले राष्ट्रियसभामा गर्ने नियुक्तिका लागि बामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
संसद सदस्य नरहेका व्यक्ति मन्त्री हुन् पाउँदैनन्। राष्ट्रपतिले गर्ने नियुक्तिमा खतिवडाको नाम नपरेपछि उनको मन्त्री पद के हुन्छ? भन्ने अहिले प्रश्न उठिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।