काठमाडौं–राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले गोकुल बाँस्कोटाको ७० करोडको घुस डिलमा उनी एक्लै संलग्न नभएको बताएकी छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यो घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनु पर्ने माग पनि गरिन् ।
‘सञ्चारमन्त्रीको बाँस्कोटाको अडियो गम्भीर विषय हो, यसमा संलग्नलाई कारबाही गरिनै पर्दछ, ’ उनले भनिन्, ‘एक्लैले यत्रो घटना घटना सम्भव छैन। पर्दा पछाडी को छ त्यसलाई कारबाही हुनैपर्छ।’
देशमा अहिले ठूला–ठूला काण्ड बाहिर आइरहेका भन्दै उनले बहुराष्ट्रिय कम्पनीसँग हुने सम्पूर्ण कार्यमा हुने भ्रष्टाचारमा राजनीतिक संलग्नता रहेको दाबी गरिन्।
‘भ्रष्टाचार देशमा भयानक रुपमा अघि बढेको छ,’ उनले भने, ‘भ्रष्टाचारलाई नियन्त्रण गर्न तत्कालै ठोस कदम चाल्न जरुरी छ। यसको जवाफको प्रधानमन्त्रीले संसदमा आएर दिनै पर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।