तस्बिर : कान्तिपुर
महोत्तरी- नेपाल कम्युनिस्ट पार्टी(माले)का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
बिहीबार मैनाली महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा सवारी दुर्घटनामा परेका हुन्।
मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईंले जानकारी दिए।
मैनालीको अवस्था गम्भीर रहेको डिएसपी चापागाईंले जानकारी दिए।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।