लेगोस– नाइजेरियाली सेनाका एकजना सिपाहीले आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।
नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुईजना घाइते भएको उल्लेख छ। सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए।
बुधबार भएकाे उक्त घटनाबारे सेनाले छानबिन सुरु गरेको पनि प्रवक्ता मुसाले बताए। (रासस-सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।