काठमाडौं- काठमाडौं महानगरपालिकाले नगर क्षेत्र भित्रका अनधिकृत बोर्ड हटाउन सुरु गरेको छ।
बिहीबारबाट महानगरले अनधिकृत बोर्ड हटाउन सुरु गरेको हो।
नगर क्षेत्रभित्र अनधिकृत बोर्डले नगरकै सुन्दरतामा कमी ल्याएको भन्दै लामो समयदेखि बहस हुँदै आएको थियो।
महानगरलाई कुनै पनि आम्दानी नहुने तर सहर कुरुप बनाउने बोर्ड हटाउन सुरु गरिएको महानगरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।