विराटनगर– मोरङको ग्रामथान गाउँपालिका–५, गिधनिया बस्ने २२ वर्षीय पुरुषोत्तम माझीको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ।
आफ्नै घरमा काम गर्ने क्रममा लागेको चट्याङले गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।