काठमाडौं- स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कानुनी जटिलता भएको अवस्थामा बाहेक विभागका सबै सेवाको स्तरवृद्धि छिटै टुंग्याउने बताएका छन्।
बुधबार नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन्।
संघका पदाधिकारी पहिलो पटक गैरचिकित्सक विभागको महानिर्देशकको पदमा पुगेको भन्दै श्रेष्ठलाई बधाई तथा शुभकामना दिन विभाग पुगेका थिए।
श्रेष्ठ स्वास्थ्य सेवा विभागको २६औं महानिर्देशक हुन्।
स्वास्थ्य मन्त्रालयले उनलाई विहिबार स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएको हो।
महानिर्देशक श्रेष्ठले समस्या उनले सबै स्वास्थ्य सबै ट्रेड युनियन र समूहबीच एकरुपता नहुँदा समायोजनका समस्या भएकोभन्दै एकजुट हुन सुझाव दिए।
उनले भने, ‘स्वास्थ्य समुह र विषयअनुसार फरकफरक कुरा आएकोले समायोजनमा पनि समस्या छ। सबैमा एकरुपता आवश्यक छ।’
नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्टले कर्मचारीको लामो समय देखि रोकिएको स्तरवृद्धिको प्रक्रिया अघि बढाउन आग्रह गरे।
भट्टले गैर श्रेष्ठको कार्यकालमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाका समस्याहरु समाधान हुने विश्वास गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।