काठमाडौं–सरकारका प्रवक्ताको जिम्मेवारी युवराज खतिवडालाई दिइएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका सन्दर्भमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि खतिवडाले सो मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।
‘उहाँले भोलि मन्त्रिपरिषद्को निर्णय पनि सुनाउने तयारी गरिरहनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।